विराटनगरमा १२ नयाँ संक्रमित सहित प्रदेश १ मा ४८ थपिए ।


विराटनगर, श्रावण २८, बुधबार

मोरङको विराटनगरमा बुधबार १२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने प्रदेश १ मा ४८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेश एकमा सङ्क्रमित हुनेको संख्या १,६११ पुगेको छ । आज बुधवार प्रदेश एकमा एकजना संक्रमितको मृत्यु भएको छ । योसँगै प्रदेश एकमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

त्यस्तै प्रदेशिक बाट कोरोना जित्नेको संख्या आज ४ रहेको छ । योसँगै प्रदेश १ बाट कोरोना जित्नेको कुल संख्या १,०१८ पुगेको छ ।
आज बुधबार मोरङमा २४ जना नयाँ संक्रमित थपिएका छन् , सुनसरीमा १४ र झापामा ९ जना संक्रमित थपिएका हुन् । 

सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार मोरङको विराटनगरका १२ जना पुरुष, रंगेलीका ७ पुरुष ३ महिला र स्थानीय तह नखुलेका २ पुरुष संक्रमित थपिएका छन् ।

सुनसरीको धरानका ५ पुरुष ४ महिला, दुहबीका ३ र कोशी गाउँपालिका २ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै झापाको मेचीनगरका ३ पुरुष ३ महिला, भद्रपुरका ३ पुरुष र रौतहटको गौरका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार