मौसम विभाग : आज देशभरका अधिकांश भूभागमा पानि पर्ने सम्भावना




प्रकाशित: भदौ ५,शुक्रबार। 


शुक्रबार देशभर मौसममा सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ।


काठमाडौं उपत्यकामा भने बिहानैदेखि घाम लाग्न थालेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।


आगामी २४ घण्टामा प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


उक्त स्थान आसपास भएर बहने साना-ठूला नदीहरूमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार