विराटनगरमा लक डाउन थपियो ।


 

विराटनगर, श्रावण २९, बिहिबार
बिराटनगर महानगरपालिकाको कोभिड–१९ संकट व्यवस्थापन समितिको आज बिहिबार बसेको बैठकले अत्यावश्यक बाहेकका सबै सेवाहरु साउन ३० गते देखि भदौ ५ गते राती १२ बजेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । यसअघि सबै सेवाहरु साउन १६ गते राती १२ बजेपछि साउन ३० गते राती १२ बजेसम्मका लागि बन्द गर्ने निर्णय गरेको थियो ।

विराटनगर का मेयर भिम पराजुलीका अनुसार विराटनरमा कोरोना संक्रमण बढ्दै गएका कारण थप समय लक डाउन गर्नुपर्ने बाध्यात्मक अवस्था आएको हो । विराटनगरमा आज ६० जना नयाँ कोरोना संक्रमित थपिए सँगै कोविड-१९ संकट व्यवस्थापन समितिले यस्तो बाध्यात्मक निर्णय लिनु परेको हो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार