प्रकाशित: श्रावण ३१, शनिबार
विराटनगरको नोवेल मेडिकल कलेज एंड टिचिङ अस्पताल मा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालकी एकजना नर्स मा कोरोना संक्रमण पुष्टि भएको हो । अस्पताल प्रशासनले दिएको जानकारी अनुसार अस्पतालको आईसीयूमा कार्यरत नर्स मा कोरोना संक्रमण पोजिटिभ देखिएको हो ।
संक्रमित नर्स अस्पतालकै आइसोलेशन मा बस्दै आएकी छिन् । अस्पतालका अनुसार नोबेल अस्पताल बाट जम्मा ३ सय ५७ जनाको श्वाब संकलन गरिएको छ । यो तथ्याङ्क सहित नोवेल अस्पतालमा कोरोना संक्रमित हुनेको संख्या १० पुगेको छ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :