नोबेल मेडिकल कलेजमा कार्यरत ५५ स्वास्थ्यकर्मीले किन दिए सामुहिक राजिनामा ?


 

प्रकाशित भदौ १०, बुधवार बिराटनगर

मंगलबार नोबेल मेडिकल कलेजको इमरजेन्सी विभागमा काम गर्ने ५५ स्वास्थ्यकर्मीले सामुहिक राजिनामा दिएका छन् । समयमा नै पारिश्रमिक पाउनु पर्ने र कोरोना महामारीमा काम गर्दा प्रोत्साहन भत्ता पाउनुपर्ने माग राखेपनि व्यवस्थापनले अटेर गरेपछि स्वास्थ्यकर्मीले सामुहिक राजिनामा दिएर आन्दोलित बनेका हुन ।

समयमा नै पारिश्रमिक नपाएको कर्मचारीले पाँच हजार पारिश्रमिक थप गर्नुपर्ने माग राखे पनि व्यवस्थापनले दिन नसक्ने भएकोले कर्मचारीले राजीनामा पत्र बुझाएको नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार