चित्तल मारेको आरोपमा चारजना पक्राउ ।



प्रकाशित: भदौ १३, शनिबार, चितवन
चितवन निकुञ्‍जमा तैनाथ सेना र निकुञ्‍जको गस्ती टोलीले शनिबार चित्तल मागेको आरोपमा चारजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राप्ती–६ फलौराकी ३५ वर्षीया पैगी चौधरी र सोही ठाउँका १९ वर्षीय साजन चौधरी, ३० वर्षकी सुमित्रा चौधरी र एकजना नाबालिग छन् । उनीहरुले पासो थापेर चित्तल मारेको निकुञ्‍जको भनाइ छ ।

घटनास्थलमा प्रहरीसहितको टोली गएर चित्तलको मासु र चित्तल थाप्‍न प्रयोग भएको पासो बरामद गरेको छ । घटनास्थलबाट १२ किलो र पैगी चौधरीको धान खेतबाट पाँच किलो र सुमित्रा चौधरीको खेतबाट एक किलो मासु बरामद भएको चितवन राष्ट्रिय निकुञ्‍जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । अपराध प्रमाणित भए २० देखि ५० हजार रुपैयाँ जरिवना र ६ महिनादेखि एक वर्षसम्म कैद वा कैद र जरिवाना दुवै हुन्छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार