अमेरिकी सरकारले आफ्ना नागरिकहरूलाई कोरोना भाइरस विरुद्धको भ्याक्सिन निःशुल्क वितरण गर्ने भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएअनुसार अमेरिकी स्वास्थ्य अधिकारीहरुले औषधिको प्रभावकारिता सुनिश्चित गरिसके पश्चात अनुमति लिएर मात्र निःशुल्क खोप वितरण गर्ने बताएका छन् ।
कोरोना भाइरस विरुद्ध लड्ने ६ किसिमका खोपहरु को बिकास योजनामा अमेरिकी सरकारले १० बिलियन अमेरिकी डलरभन्दा बढी खर्च गरिसकेको छ । साथै अमेरिकाले सबै क्लिनिकल परीक्षणहरू भईसके पश्चात खोप का डोज हरु वितरण गर्ने सम्झौता पनि गरिसकेको छ ।
त्यसैगरी उक्त खोप/ औषधिको सम्पूर्ण खर्च सरकार आफैंले बेहोर्ने र संक्रमितलाई खोप लगाउने चिकित्सक तथा स्वास्थ्य संस्थाहरु लाई बीमा कम्पनीहरुले भुक्तानी गर्ने बताइएको छ । एजेन्सीका अनुसार सन् २०२१ को जनवरी महिनासम्ममा करोडौँ कोरोनाविरुद्धको खोप वितरण गरिने बताइएको छ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :