१४ औं दिनको दिन पीसीआर टेष्ट नगरी डिस्चार्ज गर्नु : नेपाल सरकार



प्रकाशित :भदौ १० ,बुधवार ,काठमाडौँ

अब नेपाल सरकारले कोरोना भाईरस भए नभएको परीक्षण घटाउने भएको छ ।

रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी) ले लक्षण नभएका मानिसहरूलाई जाँच गर्नु नपर्ने बताए पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नभएका वा सामान्य लक्षण भएका कोरोना संक्रमितहरुको १० औं दिनमा पीसीआर टेष्ट गर्न निर्देशन दिएको छ ।

यसरी टेष्ट गर्न नेगेटिभ आए होम आइसोलेनसमा बस्ने गरी घर पठाउनुपर्नेछ । पोजेटिभ आएकाहरुलाई थप चार दिन अस्पतालमा राख्नुपर्नेछ र, १४ औं दिनको दिन पीसीआर टेष्ट नगरी डिस्चार्ज गर्नुपर्नेछ । यदि १४ दिनपछि पनि अस्पतालमा राखेमा सरकारले सोधभर्ना नगर्ने मन्त्रालयले बताएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार