भोज खुवाउने कोरोना संक्रमित, भोज खाने छिमेकी र आफन्त त्रसित ।



 प्रकाशित: भदौ १५, सोमबार, बाग्लुङ ।
नेपाली सेनामा कार्यरत २३ वर्षीय युवा स्थानीय प्रशासन, सरकारको आग्रहलाई बेवास्ता गर्दै छोरीको न्वारानका अवसरमा भोजको आयोजना गरेको थियो।

बाग्लुङ नगरपालिका– १० भकुण्डेको उपल्लो गलुवा स्थित भोजका आयोजक युवकमा कोरुना पुष्टि भएपछि सिंगो समाज नै त्रसित बनेको छ । 

साउन ३२ गते लमजुङबाट बाग्लुङ छुट्टीमा आएका बाग्लुङ नगरपालिका– १२ का एक युवामा सामान्य रुघाखोकी देखिएपछि परीक्षण गर्दा ५ भदौमा कोरोना पुष्टि भएको थियो। छोरी जन्मिएको अवसर पारेर युवासँगै आएका साथीमा कोरोना देखिएपछि गलुवाका युवा पनि कन्ट्याक्ट ट्रेसिङमा परेका थिए र भदौ ११ गते उनमा कोरोना पुष्टि भएको हो।

युवकको परिवार र केही आफन्तमा कोरोनाको लक्षणसमेत देखिएको संक्रमित युवकको आफन्तसहित ६७ जनाकाे कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरिएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार