विराटनगर, श्रावण २१, बुधबार
विराटनगर विमानस्थल प्रशासनका अनुसार, भदौ १, २०७७ बाट विमानस्थल सञ्चालनका लागि संपूर्ण तयारी भइसकेको छ । जानकारीका अनुसार, यही भाद्र १ बाट उडान सुचारु गर्नका लागि तयारी पूरा भएको छ । गत चैत्र देखि विमानस्थल सञ्चालन बन्द भएको थियो ।
विमानस्थल वरपर रहेका झाडी, घाँस पात को सरसफाई सकिएको र उडानका लागि प्राविधिक कार्यहरू पूरा भइसकेको जानकारी प्राप्त भएको छ । यसैगरी, विमानस्थल व्यवस्थापनका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी समेत पूरा भएको छ । विमानस्थल का प्रमुख टेकनाथ सिटौलाका अनुसार, लक डाउन का समयमा मेडिकल प्रयोजनका लागि र नागरिक उडान प्रयोजनका लागि ३६ वटा उडान भइसकेका छन् ।
सामान्य अवस्थामा दिनको १६ वटा सम्म उडान गर्ने गरिएको विमानस्थलमा उच्च स्वास्थ्य सतर्कता अपनाई सेवा सञ्चालन गरिने , विमानस्थल प्रमुखको भनाई छ । हवाई सेवा सञ्चालन गर्नुपूर्व, संपूर्ण कर्मचारी हरुको स्वाब सङ्कलन गरी परीक्षण गराइने र परीक्षण पश्चात विमानस्थल परिसरलाई निर्मलीकरण गरिने कुराको जानकारी प्राप्त भएको छ । साथै, यो किसिमको स्वास्थ्य प्रोटोकल नियमित गराइनेछ । यसका साथै, हावाइ यात्रुहरुको भीड बढेको खण्डमा थप सतर्कता अपनाई उडान भरिने छ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :