देश, श्रावण २७, मङ्गलबार
पछिल्लो २४ घण्टामा नेपालमा थप ६३८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा देशभरि गरेर कुल ६३८ जना नयाँ कोरोना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३,९४८ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ७,२०९ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १७१ जना कोरोना संक्रमित कोरोना परास्त गरी घर फर्किसकेका छन् ।
आज मंगलबारको यो तथ्याङ्क सहित नेपालमा कोरोना जित्नेको संख्या १६,६६४ पुगेको छ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :