प्रकाशित: भदौ ७, आइतबार, काठमाडौँ
विश्वमानै कोरोना महामारी को त्रासमा छ । हाम्रो देश नेपालमा पनि यो महामारी बाट अछुतो छैन । यो महामारीबाट बच्न लाई विभिन्न उपायहरु अपनाइएको छ । ठाउँठाउँमा निषेधाज्ञा जारी गरिएको छ । सरकारले भिडबाट नगनु सामुहिक भोजभतेर भेला नगर्नु भनी निर्देशन नै जारी गरेको छ।
तर खाने मुखलाई जुंगाले छेक्दैन भनेजस्तै एक फाइनान्समा काम गर्ने आर्थिक अवस्था राम्रो भएकी कागेश्वरी मनोहरा ७ सयपत्री टोलकी ३० वर्षीया महिलाले भदौ ४ गते आफ्नै घरमा धुमधामका साथ तीजको दर खाने कार्यक्रम राखिन् ।
सामान्य ज्वरो र हल्का खोकी लागेपछि भदौ १ गते मूलपानीस्थित स्वास्थ्य केन्द्रमा स्वाब दिएकी महिलालाई भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएको रिपोर्टआयो ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ का वडाध्यक्ष जीवन थापाका अनुसार दर खाने कार्यक्रममा ३० भन्दा बढी महिला सहभागी भएको थियो ।
महिलालाई भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएपछि कागेश्वरी मनोहरा नगरपालिकाको कन्ट्याक्ट ट्रेसिङ टिमका संयोजक झमप्रसाद आचार्यका अनुसार उनको सम्पर्क खोज्दै जाने क्रममा परिवारका ५ जना पीसीआर परीक्षणको लागि भन्दै मूलपानी स्वास्थ्य केन्द्र पुगेका थिए ।
उनको क्लोज कन्ट्याक्टमा सामुहिक दरखाने कार्यक्रममा सहभागी झण्डै ३० जना रहेका छन् । उनीहरूलाई सोमबार स्वाब संकलनका लागि बोलाइएको छ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :