विराटनगर, श्रावण २६, सोमबार
त्रिभुवन विश्वविद्यालय ब्यबस्थापन संकाय, डीनको कार्यालय, परिक्षा नियन्त्रण महाशाखा, कीर्तिपुर, काठमाडौंले आज एक सूचना जारी गरी बाँकी रहेका स्नातक र स्नातकोत्तर परीक्षाहरु अर्को सूचना नहुन्जेल सम्मका लागि स्थगित गरिएको जानकारी गराएको छ ।
यसअघि भाद्र महिनाको दोस्रो सातादेखि सञ्चालन हुने भनेर कार्यालयले साउन ९ गते सूचना प्रकाशित गरेको थियो तर कोरोना महामारीका कारण जिल्ला प्रशासन कार्यालयहरुबाट विभिन्न जिल्लामा निशेधाज्ञा जारी भएकाले परीक्षा लिन सम्भव नहुने भएका कारण यस्तो सूचना प्रकाशित गरेको हो ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :