प्रकाशित: भदौ ८ सोमबार, विराटनगर
होटल एसियाटिकका सञ्चालक पुण्य भट्टराईसित आइतबार समझदारीपत्रमा हस्ताक्षर भएसँगै विराटनगरमा अब कोरोना संक्रमितले रकम तिरेर होटल आइसोलेसनमा बस्न पाइने भएको छ ।
होटल एसियाटिकमा सञ्चालन गर्न लागिएको आइसोलेसन नेपालकै पहिलो होटल आइसोलेसन भएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिएको छ ।
प्रमुख पराजुलीका अनुसार प्रति दिनको १ हजार १ सय रुपैयाँ तिरेर वातानुकूलित कोठामा बस्न र लन्च, ब्रेकफास्ट र अन्य खाने, पिउने सुविधा होटलको मेनुअनुसार जनाइएको छ ।
यसअघि प्रदेश सरकारको मन्त्रिपरिषदको बैठकले साउनको अन्तिम सातामा होटल आइसोलेसन बनाउने नीतिगत निर्णय गरेको थियो । तर प्रदेश सरकारको होटल आइसोलेसनको अवधारणा सफल भएको थिएन ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :