सुनसरीमा खाजा घरमै यौनधन्दा: संचालिका सहित पाँच जना पक्राउ





प्रकाशित: भदौ १०,बुधबार,सुनसरी। 

सुनसरीमा यौनधन्दा बाक्लिदै गएको छ। विगतमा पनि यौनधन्दामा संलग्नहरुलाई पक्राउ गर्दै आएको सुनसरी प्रहरीले फेरी बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ मा रहेको युवि खाजा घरमा यौन धन्दा हुँने गरेको रहस्य पर्दाफास गरेको छ। 


प्रहरीले खाजा घरमै यौन धन्दा चलाएको आरोपमा सञ्चालिकालाई पक्राउ गरिसकेको छ । त्यसैगरी गत आइतबार होटल संचालिका सहित यौनधन्दामा संलग्न रहेका ४ पुरुष गरि ५ जना लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले बताएको छ। होटलमा १४ देखि १६ बर्षका बालिकाहरु काममा लगाएको र ती बालिकाहरुलाई यौनधन्दामा लगाएको प्रहरीको भनाई छ ।


शहरबाट विस्थापित भएर गाउँ गएका केहि महिलाहरुले यौनधन्दा ग्रामिण क्षेत्रमा गरिरहेको प्रहरीले बताएको छ । वराहक्षेत्रमा यौनधन्दा हुन थालेको भन्दै प्रहरीले निगरानी बढाएको हो । सुनसरी र उदपयुर जोड्ने सप्तकोशीको नयाँ पुल क्षेत्रका केहि होटलहरुमा समेत यौनधन्दा हुने गरेको प्रहरीले आशंका गरेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार