उत्तर सुनसान , दक्षिण भिडभाड ; विराटनगर लक डाउन


biratnagar

विराटनगर, श्रावण २१ , बुधबार 
विराटनगर महानगरपालिकाले लक डाउन घोसणा गरको आज पाँचौ दिन हो । समुदायमा कोरोन फैलिदै गएका कारण महानगरको कोभिड संकट व्यवस्थापन समितिले भद्र १ सम्मका लागि लक डाउनको घोसणा गरेको थियो । विराटनगरका केहि स्थानहरुमा हेर्दा पाइएको दृश्य अनुसार , बिराटनगरको ढाट गेट देखि दक्षिण  कन्चनबारी सम्म आइपुग्दा भिड कम हुँदै गएको देखियो भने विराटनगर बजारसम्म पुग्दा, निकै नै बाक्लो संख्यामा मानिसहरुको आवतजावत देखियो ।

लक डाउन नगरवासिहरुको सुरक्षाका लागि भनेर महानगरले लागु गरेको हो तर यसको कार्यन्वयन भने निकै नै फितलो देखिन्छ । सबै कुरा महानगरले / सरकारले गरिदियोस जस्तो किसिमको सोचाइ राखेर, कानुनि रूपमै ठोस सजाय नदिइकन कुनै निर्देशनको पालना गर्न हुन्न भन्ने किसिमको मानसिकताले हो या कोरोनको भय नभएर हो, केहि नगर वासिहरुमा अझै पनि जनचेतना को कमि देखिन्छ ।
अत्यावस्यक बाहेक अन्य प्रयोजनका लागि मात्र हिड्न पाइने भनिएपनि , यत्रतत्र नागरिकको भिड फैलिएको देखिन्छ । बजार मात्र नभएर, अन्य स्थानका नागरिकहरुलाई पनि हिडडुल गर्नुपर्ने आवस्यकता नभएको भने होइन । बजार परिसरमा सबैभन्दा बढि संक्रमण देखिएको घटना स्पस्ट रूपमा जान्दा पनि यसरि जथाभावी हिडडुल गर्दै गर्ने हो भने यसले ठुलै महामारीको रुप नलिएला भन्न सकिन्न । महानगरका अनुसार, विराटनगरको गुद्री बजार, अस्पताल परिसर, विराटनगर वडा नम्बर ५ लगायतका क्षेत्र हरुमा संक्रमितको संख्या उच्छ छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार