अब लक्षण नदेखिए, कोरोनाभाइरसको परीक्षण पनि नहुने ।



प्रकाशित: भदौ १०, बुधबार, बिराटनगर ।
पहिले रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी)ले एसिम्प्टोमेटिक भए पनि शंकास्पद जोखिम भएका तथा नजिकको सम्पर्कमा रहेका व्यक्तिहरूले भाइरस परीक्षण गर्नु पर्ने दिशानिर्देशमा सिफारिस गरिएको थियो । कोरोभाइरस परीक्षण दिशानिर्देशहरू यस हप्ता परिमार्जन गर्दै कोभिड १९ का लक्षण नभएका मानिसहरूलाई जाँच गर्नु नपर्ने बताएका हुन् ।

सीडीसीले सोमबारका दिन दिशानिर्देश परिवर्तन गर्दै संक्रमण भएको व्यक्तिसँग ६ फिटभित्र १५ मिनेटको सम्पर्कका रहे पनि लक्षणहरू छैनन् भने भाइरस परीक्षण गर्नु आवश्यक नभएको जनाएको छ । तर, लक्षणहरू देखिएमा, कमजोर व्यक्ति भएमा, स्वास्थ्य सेवा प्रदायक, राज्य वा स्थानीय सार्वजनिक स्वास्थ्य अधिकारीहरूले भाइरस परीक्षण गर्नु सल्लाह दिन्छन् ।

यदि जाँच गराएमा परीक्षणको नतिजा नआएसम्म होम क्वारेन्टाइनमा बसी डाक्टर तथा स्वास्थ्यकर्मीको सल्लाह अनुशरण गर्नुपर्छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार