" के म मर्दा तिम्रो याद आउँछ? " - प्रविण पाठक



प्रकाशित : भाद्र १२ , सुक्रबार, बिराटनगर 

घाँम लाग्दा पानी पर्दा तिम्रो याद आउँछ
आकाश बाट तारा झर्दा तिम्रो याद आउँछ

थाहा छैन किन रसाउँछन् आँखा अनायासै 
आँशु पुछ्दै गर्दा, तिम्रो याद आउँछ

देखिन्छ तिमी हिँडेको बाटो मेरो झ्याल बाट
अनि बन्द गर्छु पर्दा, तिम्रो याद आउँछ


तिमीले नसमाएको भए मलाई बगाइदिन्थ्यो
अझै पनि खोला तर्दा , तिम्रो याद आउँछ 

बाँचुन्जेल त तिमीलाई बिर्सन सकिन
तर प्रश्न, के म मर्दा तिम्रो याद आउँछ ?

लेखक : प्रविण पाठक (पुर्वाञ्चल अंग्रेजी आवासिय मा. वि ,दमक, डाइरेक्टर )

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार