सनराईज बैंककि कर्मचारीद्वारा कार्यालयमै विषादी सेवन गरि आत्महत्या |


dead-body
विराटनगर , श्रावण २१ , बुधबार 
विराटनगर ७ मा अवस्थित सनराईज बैंकमा कार्यरत एकजना महिला कर्मचारीले आज बुधबार आत्महत्या गरेकी छिन । सनराईज बैंकको कर्जा साखमा कार्यरत, विराटनगर -८ बस्ने सनाज खतिवडाले मुसा मार्ने विष सेवन गरि आत्महत्या गरेकी छिन । उनि ३० वर्ष उमेरकी थिइन । 

'लुवान ' नामक विषादी कार्यालयमै  सेवन गरेपश्चात उनलाई विराटनगर स्थित नोवेल अस्पताल लागिएको थियो । आज दिउँसो करिब १ बजे तिर विषादी सेवन गरेपछि बेहोस भएकी खतिवडालाई बैंक का कर्मचारीहरुले अस्पताल पुर्याएका थिए । तर अस्पताल भर्ना गरे लगत्तै उनलाई चिकित्सकले मृत घोसित गरेका थिए । 

उनको शव पोस्ट्मार्टमका लागि पठाइएको जानकारी प्राप्त भए छ । उनको ब्यागमा सुसाइड नोट भेटिएको र त्यसैका आधारमा थप अनुसन्धान गरिने दावी प्रहरीको छ । उक्त घटनाको बाँकी पक्षहरुमा प्रहरीले अनुसन्धान थालेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार