आन्तरिक हवाई उडान र अन्तरजिल्ला यातायात संचालन निर्णय भाद्र मसान्तसम्म लम्बियो ।



प्रकाशित: भदौ १५, सोमबार, काठमाडौँ ।
कोरोना महामारीको कारण गत चैत्र ११ गतेदेखि गरिएको बन्दा बंदीले प्रायजसो सबै व्यापार ठप्प भएको छ। श्रावण ७ गते बाट सरकारले लकडाउन अन्त्यको घोषणा गरेपनि अन्तराष्ट्रिय नाका, आन्तरिक हवाई उडान तथा अन्तर जिल्ला यातायात सञ्चालनमा अझै रोक लगाएको थियो। संक्रमणको दर बढ्दै गएपछि धेरैजसो जिल्ला र स्थानीय तहहरूमा निषेधाज्ञा अझ पनि जारीनै छ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले भदौ १५ सम्मका लागि गरेको आन्तरिक हवाई उडान र अन्तर जिल्ला यातायात स्थगनलाई भदौ मसान्तसम्म ललम्ब्याएको एक मन्त्रीले बताए । यसअघि लकडाउन खोलिए पनि यी कुरामा भने रोक लगाइएको थियो । पटक-पटक मन्त्रिपरिषद्का निर्णय अनुसार आन्तरिक हवाई उडान र अन्तर जिल्ला यातायात सञ्चालनको मिति सार्दै आएको थियो भने हिजोको निर्णयले फेरी स्थगनलाईलाई भदौ मसान्त सम्म लम्ब्याएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार