विराटनगर, श्रावण २९, बिहिबार
विराटनगरमा ६० जना सहित प्रदेश १ मा ११५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टाको दौरानमा विराटनगरमा आज ६० जना नयाँ संक्रमित थपिएका हुन् । यो आज सम्मकै सर्वाधिक बढी संक्रमित भएको तथ्यांक हो ।
त्यस्तै प्रदेश १ को मोरङमा आज ८८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ मा बिहीबार थपिएको संक्रमित संख्या अहिलेसम्मकै उच्च हो । गएको २४ घण्टामा प्रदेश १ मा ८३ पुरूष र ३२ जना महिलामा कोरोना संक्रमण देखिएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यसअघि विराटनगरमा संक्रमित हुनेको संख्या ५० ननाघेको अवस्था थिएन भने पछिल्लो २४ घण्टामा संक्रमितहरूको संख्या ६० पुगेको छ । विराटनगरमा संक्रमित हुने मध्ये सबैभन्दा उच्च संक्रमण विराटनगर वडा नम्बर ९ मा देखिएको छ । ५ जना महिला र चार जना पुरुष गरी वडा नम्बर ९ मा ९ जना संक्रमित थपिएका छन् । त्यसैगरी विराटनगर बारेमा पनि आठ जनालाई पकोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमण थपिने मध्यमा आज आरती स्ट्रिप्स उद्योगमा पनि २१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सहित मोरङको बुढीगंगा मा आज २५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १५ पुरुष र ४ महिला गरि १९ जनामा संक्रमण देखिएको छ । इटहरीमा १० पुरुष र ३ महिला, धरानमा १, बराहक्षेत्रमा १, दुहबीमा ३ र रामधुनीमा १ जनामा संक्रमण पुष्टि भएको छ । झापाको विर्तामोडमा १ जना, इलामा ४ जना र उदयपुरमा १ जनामा संक्रमण देखिएको छ ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमतिको संख्या १६२६ पुगेको छ जसमध्ये १० जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनुमध्ये २ जना प्रदेश नं. २ का हुन् भने ८ जना मोरङका हुन् ।
प्रदेश १ बाट आज २२ जना डिस्चार्ज भइसकेका छन् । डिस्चार्ज हुनेको संख्या १ हजार ४० पुगेको छ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :