सान कुमारी राईको झापा र मोरङका अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु |


San Kumari Rai

प्रकाशित: भदौ १४,  आइतबार, बिराटनगर ।
सामान्य अवस्था रहेकी सानकुमारीको एक्कासी पिसाब बन्द भएपछि उनका आफन्तले बुधबार राति ८ बजे पथरीको मोरङ डाइग्नोष्टिक सेन्टर लगेका थिए । सामान्य जाँचपश्चात सेन्टरले उपचार गर्न नसक्ने बताइ उनको मिर्गौलामा समस्या देखिएको भन्दै विर्तामोड रिफर गरे । त्यस्पस्चात बिभिन्न निजि अस्पतालको चक्कर काट्ने काम सुरु भयो । आफन्तले रातभरिमा  जम्मा ६ वटा अस्पतालको गेट ढक्ढक्याउनुपर्यो । कोरोनाको जोखिम भन्दै निजी अस्पतालले सानकुमारिलाई भर्ना गर्ने मानेनन् । 

अस्पताल डुलाउँदा डुलाउँदै रात बित्यो । बिहीबार बिहान कोशी अस्पताल पुर्याइयो तर उनको त्यहीँ मृत्यु भयो । मृतक मोरङको पथरी शनिश्चरे नगरपालिका-२ की ६२ वर्षीया महिला हुन्।

मृतककी छोरी मेनुकाक अनुसार बी एण्ड सी अस्पताल बिर्तामोड रिफर गरिएकी महिलालाई भर्ना नलिने भन्दै गेटबाटै फर्काइदिए पछि मध्यरातमा विरामी लिएर विराटनगर आए र, एकपछि अर्को गर्दै विराट मेडिकल कलेज, विराट नर्सिङहोम, गोल्डेन अस्पताल पुर्‍याए, तर सबै अस्पतालले गेटबाटै फर्काए ।

आफन्तले नोबेल मेडिकल कलेज पनि पुर्याउने प्रयत्न गरे । तर इमरजेन्सी बन्द छ भन्दै उनीहरुलाई बाटोबाटै फर्काइयो ।

अस्पताल चाहार्दा चाहार्दै महिलाको स्थिति गम्भीर बनिसकेको थियो । बिहान पख ४  बजे कोशी अस्पताल ल्याउँदा त्यहाँ पनि आनाकानी गरिएको थियो । सबै जिम्मेवार आफन्त हुने बताएपछि चिकित्सकहरुले एम्बुलेन्सबाट निकालेर इमरजेन्सीको साटो आइसोलेसन कक्षमा लगेका थिए । त्यसको आधा घण्टामा नै अस्पतालले मृत घोषित गरेको थियो  ।

मृत्युपछि उनको स्वाब संकलन गरेर कोरोना परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएपछि उनको शव आफन्तलाई जिम्मा लगाइएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार