भेन्टिलेटर उत्पादन गर्दै महावीर पुन |


Mahabir-Pun
प्रकाशित :भदौ ९ ,मंगलवार , काठमाडौँ
कोरोना संक्रमण नियन्त्रणका लागि नेपालमै आवश्यक स्वास्थ्य सामग्री बनाएर अस्पताल तथा स्वास्थ्यकर्मीहरूलाई सहयोग गर्दै आएका वैज्ञानिक महावीर पुन संक्रमण नियन्त्रणका लागि हाल अमेरिकाबाट आवश्यक सामान ल्याएर भेन्टिलेटर उत्पादन गरिरहेको छ, जुन परीक्षणको क्रममा छ ।

योसँगै राष्ट्रिय आविष्कार केन्द्रले अस्पतालमा बिग्रेर थन्क्याइएका भेन्टिलेटर ल्याएर आवश्यक पार्टपुर्जा निर्माण गरी पुनः प्रयोगमा ल्याउन मिल्ने बनाउदै छ । पुराना भेन्टिलर मर्मत गर्दा निकै सस्तो पर्ने र अस्पतालहरूलाई जोखिम न्यूनीकरण गर्न निकै सहयोगी हुने बताउँछन् पुन । पुनका अनुसार, पुरानो भेन्टिलेटर मर्मत गर्दा समय र पैसा दुवै कम लाग्ने हुँदा मर्मतलाई पनि प्राथमिकता दिइरहेका छौँ । नयाँ भेन्टिलेटरहरूको काम पनि भइरहेको छ, सेप्टेम्बरको पहिलो सातासम्म भेन्टिलेटर तयार गरेर परीक्षण गर्ने तयारी गरेका छौँ ।’ यसबाहेक आविष्कार केन्द्रले मास्क, फेसियल मास्क, न्युमास्क, स्वाब संकलन गर्ने बुथ, डिसइन्फेक्ट गर्ने बक्स, एरोसोल बक्स, बिरामी हेरचाह गर्ने रोबोर्ट उत्पादन र वितरण गर्दै आएको छ ।

पछिल्लो समय कोरोना नियन्त्रणका लागि चाहिने आवश्यक सामग्री जुटाउन राष्ट्रिय आविष्कार केन्द्रले महत्वपूर्ण भूमिका खेलिरहेको छ । दाताहरूको सहयोगमा रकम संकलन गरेर राष्ट्रिय आविष्कार केन्द्रले अमेरिकाको स्टेनफोर्ड विश्वविद्यालयको सहयोगमा आवश्यक १० किसिमका सामान निर्माण गरी अस्पतालहरूलाई निःशुल्क उपलब्ध गराइरहेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार