शैक्षिक संस्था सहित अन्य क्षेत्र अर्को सूचना नआएसम्म बन्द रहने ।


Dr yubaraj khatiwada
काठमाडौँ, मङ्गलबार , श्रावण २७

नेपाल सरकारले शैक्षिक संस्था लगायत अन्य संस्थाहरु अर्को सूचना नआएसम्म लागि बन्द गर्ने निर्णय गरेको छ । हिजो सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमण बढ्दै गएको कारण अर्को सूचना प्रकाशित नभएसम्म शैक्षिकसंस्था, सिनेमा हल,  पुस्तकालय लगायत धेरै भिडभाड हुने किसिमका क्षेत्रहरुलाई बन्द राख्ने निर्णय गरेको हो । 


त्यस्तै अत्याधिक धेरै जनाको समूहमा खेलिने खेलकुदका गतिविधिहरू पनि बन्द रहने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको छ ।


आज मंगलबार आयोजित एक प्रेस ब्रिफिङ कार्यक्रममा सूचना तथा संचारमन्त्री डाक्टर युवराज खतिवडाले केही सेवाहरु भाद्र १६ पछि खोल्दै जाने र केही सेवाहरूलाई बन्द नै राख्ने निर्णय गरेको जानकारी दिनुभयो । 


खतिवडाका अनुसार शैक्षिक संस्था, सेमिनार हल, पार्टी प्यालेस, सैलुन, पुस्तकालय र भीडभाड हुने क्षेत्र तथा व्यवसायहरू अर्को सूचना नआउन्जेलसम्म लागि बन्द रहने छन् ।


यस्तै यातायातको सम्बन्धमा मध्यम तथा छोटो दुरीका साधनहरु भने भदौ १६ गतेदेखि सञ्चालन हुनेछन् तर अन्तर जिल्ला सवारी साधनमात्रै चल्न पाउनेछन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार