नगद कारोवार नगर्नुहोस , बैंकर्स संघको अपिल ।


प्रकाशित‌: भदौ २ , मङ्गलबार 
कोरोना भाइरसको जोखिम बढ्दै गएका कारणले बैंकर्स संघले सोमबार सार्वजनिक अपिल गर्दै वित्तीय कारोबारका लागि विद्युतीय माध्यममा प्रयोग गर्न सेवाग्राही हरुमा अनुरोध गरेको छ । वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृत हरूको संगठन नेपाल बैंकर्स संघले विद्युतिय कारोवार गर्नका लागि सर्वसाधारणलाई अनुरोध गरेको छ । 

आफ्ना दैनिक किसिमका कारोबारहरु सञ्चालन गर्न, खाताबाट रकम सार्न, रकम जम्मा गर्न या झिक्न, विद्युतीय बिलहरु भुक्तानी गर्न, इन्टरनेट सेवा रकम भुक्तानी गर्न, खातामा रहेको रकम हेर्न, बीमा शुल्क तिर्न लगायतका अन्य कामहरु घरमै बसी सहज रुपमा विद्युतिय बैंकिङ प्रणालीबाट गर्न सकिने भएका कारण संघले सम्पूर्ण सर्वसाधारण सेवाग्राहीहरुको मा अनुरोध गरेको छ ।

यसका लागि सर्वसाधारणहरुले ई बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एस एम एस बैंकिङ, ई पे प्रयोग गर्न सक्दछन् । विद्युतीय बैंकिङ प्रयोग गर्दा कुनै पनि किसिमका समस्या आएमा बैंक को शाखामा सम्पर्क गरी जानकारी लिन सकिने संघले जनाएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार