कोरोना संक्रमित एकजना ५० वर्षीय महिलाको कास्की सेवा अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । उनी तनहुँ ब्यास-१ , अम्रेन् निवासी थीइन ।
श्रावण ३२ गते उपचारका लागि अस्पताल लगिएको ती महिलामा सुगर, प्रेसर, मुटुको समस्या र निमोनिया रहेको कास्की सेवा अस्पताल प्रशासनले जानकारी दिएको छ । अस्पताल श्रोतले जानकारी दिएअनुसार अवतारले भर्ना लिन नमानेका कारण उनलाई त्यो अस्पताल पुर्याइएको थियो ।
उनलाई सोमबार कोरोना संक्रमण पोजिटिभ आएको र सोही राति उनको मृत्यु भएको अस्पतालले जनाएको छ । सोमबार बिहान ठेगाना नखुलेको ५० वर्षीय र २५ वर्षीय मा संक्रमण भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी गराएको थियो । तिनैमध्ये ५० वर्षीय महिलाको मृत्यु भएको हुन सक्ने अनुमान छ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :