बिराटनगरले नयाँ पी.सी.आर मेसिन किन्यो ।


प्रकाशित: भदौ ८ सोमबार, 
विराटनगर
विराटनगर महानगरपालिकामा कोरोना परीक्षणका लागि नयाँ पी.सी.आर मेसिन खरिद गरेको छ । नमूना संकलन गरिएका व्यक्तिहरूको रिपोर्ट आउन ढिलाइ भएपछि महानगरले छुट्टै पी.सी.आर मेसिन खरिद गरेको हो । 

उक्त मेसिन विराटनगरको कोसी अञ्चल अस्पतालले सञ्चालन गर्नेछ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीका अनुसार मेसिन संचालनका लागि महानगरपालिकाले कोशी अञ्चल अस्पताललाई २५ लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ । 

उक्त मेसिन निजी क्षेत्रहरूको सहयोगमा खरिद गरिएको हो जसको खरिद र संचालनका लागि निजीक्षेत्रबाट ६० लाख रुपैयाँको सहयोगको प्रतिबद्धता आएको मेयर पराजुलीको भनाई छ । उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले सात लाख, उद्योगी तुलसीराम अग्रवालले पाँच लाख, गोल्छा हाउसले पाँच लाख, प्रदीप मुरारकाले पाँच लाख, नेपाली कांग्रेस प्रदेश १ प्रमुख सचेतक केदार कार्कीले एक लाख, उद्योग संगठन मोरङ अध्यक्ष भीम घिमिरेले एक लाख, नेपाली कांग्रेस विराटनगर कार्यबाहक सभापति अरुण न्यौपानेले एक लाख रुपैयाँ पीसीआर मेसिन खरिदका लागि दिएका छन् । साथै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले एक वर्षको सुविधा पनि यही काममा खर्च गर्ने बताएका छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार