स्थानीय सरकारको आयुर्वेदिक औषधिमा विश्वास ।



प्रकाशित : भदौ ४ , बिहिबार , बुटवल
 दिनानुदिन कोरोना महामारी को स्थिति भयावह बन्दै गएको छ । संक्रमणको दर बढ्दै गएको बेला देशका विभिन्न स्थानमा लकडाउन तथा निषेधाज्ञा जारी गरिएको छ ।

केन्द्रीय  सरकारले  स्थानीय सरकारलाई  लकडाउन  तथा निषेधाज्ञा जारी  गर्ने अधिकार दिएसँगै  देशका प्रायजसो स्थानीय तह  तथा जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएको हो । संक्रमण बढेसँगै सङ्क्रमितहरूको व्यवस्थापन गर्न नसकिएपछि उनिहरु होम आइसोलेसनमामा बस्न बाध्य भएका छन् ।

 बुटवलमा पनि कोरोना भाइरसको संक्रमणम ह्वात्तै बढेको छ । उपमहानगरमा कोरोना विशेष अस्पताल र आइसोलेसन भए पनि लक्षण नदेखिएका संक्रमित र कन्ट्याक्ट ट्रेसिङमा परेकालाई होम आइसोलेसनमै राखिएको छ । होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई सरकारले बेवास्ता गरेको गुनासो बढेपछि बुटवल उपमहानगरपालिकाले उनीहरुको अवस्था बुझ्न घरदैलो अभियान सुरु गरेको छ । 

होम आइसोलेसनमा राखिएका संक्रमित र तिनका परिवारलाई भेट्न बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदी, प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मा, सम्बन्धित वडाका वडाध्यक्ष, स्वास्थ्य महाशाखा प्रमुखसहितको स्वास्थ्यकर्मीको टोली होम आइसोलेसनमा पुगेको हो । टोलीले साथमा स्वास्थ्य सावधानीका उपायको जानकारी, स्वास्थ्य लाभको पत्र र वैकल्पिक उपचार पद्धतिका लागि आयुर्वेदिक औषधि बोकेर जाने गरेको छ ।

 संक्रमितको स्वास्थ्य अवस्था बुझ्न, सजगताका उपाय सिकाउन र उनीहरुको मनोबल बढाउन घरदैलो अभियान सुरु गरिएको मेयर सुवेदीले बताए । बुटवलमा बुधबारबाट यो अभियान सुरु भएको हो । पहिलो दिन मात्रै विभिन्न २६ स्थानमा रहेका होम आइसोलेनका संक्रमितलाई भेटेर स्वास्थ्य लाभको कामना गरेको मेयर सुवेदीले बताए । बुटवलमा अहिलेसम्म १२७ जनामा संक्रमण पुष्टि भएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार