मास्क नलगाउने वा जनस्वास्थ्य मापदण्डको उल्लंघन गर्ने व्यक्तिलाई दण्ड जरिवाना |


nepal-emblem
विराटनगर , श्रावण २२ , बिहिबार 
नेपाल सरकार , गृह मन्त्रलायले बुधबार साँझ एक प्रेस विज्ञप्ति जारि गर्दै कोभिड-१९ को संक्रमण बढ्दै गएको वर्तमान अवस्थामा त्यसको रोकथाम र नियन्त्रणका लागि निर्देशन जारि गरेको छ । उक्त निर्देशन नेपालका सबै सुरक्षा निकाय र सबै जिल्ला प्रशासन कार्यालयहरुले पालना गर्नुपर्ने भनिएको छ । 

कोरोना महामारी समुदायस्तरमा फैलिदै गएको यस अवस्थामा देशका बिभिन्न स्थानमा निशेधाज्ञा समेत जारि गरिएको छ । निर्देशनमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी जनस्वास्थ्य मापदण्ड तथा गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्ड कडाईका साथ पालना गर्ने गर्नुपर्ने र गराउनुपर्ने जनाइएको छ।

 मास्क नलगाउने वा जनस्वास्थ्य मापदण्डको उल्लंघन गर्ने व्यक्तिलाई दण्ड जरिवाना गर्ने निर्देशन रहेको छ । त्यस्तै, जनस्वास्थ्य मापदण्ड तथा सुरक्षा मापदण्ड उल्लंघन गर्ने व्यक्ति, समूह तथा संस्था भए सो को सञ्चालक समेतलाई कारवाही गर्नुपर्ने कुरा निर्देशनमा उधृत छ ।

यसैगरी काठमाण्डौं उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानी बाहेकका अन्य सबै यात्रुबाहक सवारी साधनहरुलाई बेलुका ७:०० बजेदेखि बिहान ७:०० बजेसम्म आवागमन निषेध गरिएको व्यवस्थालाई कडाईका साथ लागु गर्ने भनिएको छ । कोभिड-१९ को संक्रमणको जोखिमको विश्लेषण गरी जोखिम बढेको क्षेत्र/स्थानलाई जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले निर्णय गरी तुरुन्त बन्द गर्नुपर्ने साथै कोभिड-१९ को थप परीक्षणको व्यवस्था मिलाउनुपर्ने निर्देशनमा भनिएको छ ।

त्यस्तै नेपाल सरकारको निर्णय बमोजिम आगमन अनुमति पाएका व्यक्ति बाहेक अन्तर्राष्ट्रिय सीमा नाकामा हुने आवतजावतलाई कडाइका साथ निषेध गरिने भनिएको छ । साथै होटल, रेष्टुरेण्टमा हुने सामूहिक भोज, पार्टी, सेमिनार वा अन्य सामूहिक भेला जस्ता कार्य निषेध गराउनुपर्ने कुरा निर्देशित छ ।

प्रेस विज्ञप्ति :
press-release-home-ministry

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार