मंगलबार सुनको मूल्यमा केहि गिरावट



प्रकाशित: भदौ ९, मंगलबार, विराटनगर । 

नेपाली बजारमा मंगलबार सुनको मूल्यमा केहि गिरावट आएको छ। आज सुनको मूल्यमा तोलामा ७ सय रुपैयाले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९६ हजार ७ सय निर्धारण गरिएको छ ।

त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १३२० रहेको महासंघले जनाएको छ ।

केहि दिन यता नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरोलो लागेको छ । यसअघि सोमबार छापावाल सुनको भाउ तोलाको ९७ हजार ९ सय रुपैयाँ रहेको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ४ सय रुपैयाँ निर्धारण भएको थियो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार