नेपालीले किन्न पाउने भए आफ्नै निजी हवाईजहाज ।



प्रकाशित भदौ १२ शुक्रबार ,काठमाडौँ
सरकारले निजी जहाज आयात गरी सञ्चालनमा ल्याउन सकिने गरी नीति बनाएसंगै नेपालमा अब निजी प्रयोजनका लागि जहाज खरीद गर्न सकिने भएको छ ।

सरोकारवालाको राय लिएर पास गर्ने प्रक्रियामा रहेको मस्यौदाअनुसार अब निजी तथा तालिम प्रयोजनका लागि एक इन्जिन भएको वायुयानको आयात र सञ्चालन गर्न पाइने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार गरेको हवाई नीति २०७७ को अन्तिम मस्यौदामा उल्लेख गरिएको छ।

निजी प्रयोजनका लागि खरिद गरिएको विमान व्यापारिक उडानमा भने लगाउन पाइने छैन तर हवाई उडान सुरक्षाका प्रावधान भने व्यवसायिक उडान सरह नै लागु हुनेछ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार