कोशीमा उपचार गर्ने चिकित्सक माथि नै कुटपिट


koshi-hospital

विराटनगर, श्रावण २२, बिहिबार 

मृतक आफन्तको शव आफन्तहरुले जबर्जस्ति लग्न खोजेको तर अस्पताल प्रशाशनले स्वाबको नतिजा नआइन्जेल पर्खन आग्रह गर्दा, उनीहरुले चिकित्सक हरुलाई कुट्पिट गरेको जानकारी प्राप्त भएको छ । पछि उनको पी सी आर रिपोर्ट पोजेटिभ आएपछि, हुलहुज्जत गर्ने सबै भागेका थिए ।

विराटनगर कोशी अस्पतालमा ल्याईएका एकजना विरामीका आफन्तहरुले बुधबार चिकित्सक लाइ नै कुटपिट गरेका छन् । जन्डिसका कारण उनको कलेजोमा समस्या देखिएपछि , दुखाइका कारण कोशी अस्पताल विराटनगर ल्याइएका उक्त व्यक्तिको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको थियो ।

अस्पतालका सिनियर फिजिसियन डा दिपक सिग्देलका अनुसार, "ति बिरामीमा लिभरको समस्या रहेको र पेटमा पनि जमेको थियो । कोरोनको लक्षण नभएपनि, विरामीको सिरियसनेस हेर्दा संका लागेर स्वाब संकलन गरि परिक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको थियो ।" तर स्वाब परिक्षणको नतिजा आउनु अगावै उनको मृत्यु भएपछि हुल बाँधेर आएका विरामीका आफन्तहरुले उपचारमा संलघ्न चिकित्सकहरुलाई कुट्पिट गरेका थिए । 

मृतक आफन्तको शव आफन्तहरुले जबर्जस्ति लग्न खोजेको तर अस्पताल प्रशाशनले स्वाबको नतिजा नआइन्जेल पर्खन आग्रह गर्दा, उनीहरुले चिकित्सक हरुलाई कुट्पिट गरेको जानकारी प्राप्त भएको छ । पछि उनको पी सी आर रिपोर्ट पोजेटिभ आएपछि, हुलहुज्जत गर्ने सबै भागेका थिए ।

यस घटनाका कारण, त्यहाँ उपचारमा संलग्न सबै स्वास्थ्यकर्मीहरुमा कोरोनाको जोखिम बढेको र उनीहरु सबैको पी सी आर परिक्षण गर्नुपर्ने अवस्था आएको अस्पतालले जनाएको छ । यस्ता घटनाका कारण उपचारमा कार्यरत चिकित्सकहरुले काम गर्न नसक्ने अवस्था आएको डा सिग्देलको भनाइ छ । पी पी ई इक्विपमेन्ट लगाएर काम गर्दै गरेका सम्पुर्ण चिकित्सकहरुको पी सी आर परिक्षण गर्नुपर्ने आवस्यकता भएको साथै मृतक का आफन्तहरुको ट्रेसिङ्ग गरेर पी सी आर परिक्षण गर्नुपर्ने कार्य निकै नै चुनौतिपूर्ण भएको , चिकित्सकहरुको भनाइ छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार