मोरङको रतुवामाई नगरपालिकाले, आज देखि श्रावण ३० राती १२:०० बजे सम्मका लागि (१० दिन) नगर क्षेत्र सिल गर्ने निर्णय गरेको छ । समुदायमा कोरोना संक्रमण फैलिएका कारण नगरपालिकाले यस्तो निर्णय लिएको हो ।
रंगेलीमा रहेको रक्त सञ्चर केन्द्रमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको र समुदायमा कोरोना संक्रमण फैलिन सक्ने भनी, पुरै नगर क्षेत्रलाई १० दिनका लागि सिलवन्दी गर्ने निर्णय लिइएको छ ।
अत्यावश्यक मानिएका ढुवानी सेवा ( औषधि, खाद्यान्न), अत्यावश्यक यातायात ( एम्वुलेन्स, वारुण यन्त्र ) बाहेक सबै यातायात बन्द गरिएका छन् । साथै, नगरभित्रका संपूर्ण संघसंस्था, वित्तिय संस्था, वडा कार्यालयहरू र अन्य कार्यालयहरू बन्द गर्ने निर्णय लिइएको छ ।
अत्यावश्यक सामग्री किनमेल तथा कार्य गर्नका निम्ति, सर्वसाधारणको समस्या लाई मध्यनजर गरी, बिहान ६ बजेदेखि १० बजेसम्मको समय दिइएको छ ।
सूचना:
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :