प्रकाशित : भदौ ५, शुक्रबार
सरकारले कोरोना भाइरस पी सि आर परीक्षण गर्नका लागि ३ अर्बभन्दा बढी खर्च गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिनुभएको जानकारीअनुसार अहिलेसम्म पी सि आर परीक्षणका लागि सरकारले ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय रुपैयाँ खर्च गरिसकेको छ ।
अहिलेसम्म जम्मा ५ लाख ७९ हजार ८ सय ९९ जना व्यक्ति को पी सि आर परीक्षण भएको छ । सरकारले पी सि आर परीक्षण गर्नका निमित्त प्रती व्यक्ति ५,५०० रुपैयाँ रकम खर्च गर्दै आएको छ ।
अहिलेसम्म गरिएको पी सि आर परीक्षणमा शुक्रबारसम्म ३० हजार ४ सय ८३ जनामा संक्रमण पुष्टि भइसकेको छ। प्रवक्ता गौतमले एकजना संक्रमित पहिचान गर्न सरकारले १ लाख ४ हजार ६ सय ३० रुपैयाँ खर्च गरेको बताए ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :