किसानको अनुदानको लागि ल्याएको ५० हजार बोरा मल भिजेर गयो |


fertilizer
प्रकाशित: भदौ ९,  मंगलवार, वीरगन्ज

विदेशबाटबाट साल्ट ट्रेडिङ कर्पोरेसन मार्फत आयात गरेको ५० हजार डिएपी मल भिजेर नष्ट भएको छ। आपूर्तिकर्ता स्वीस सिंगापुरले आपूर्ति गरेको ५० हजार बोरा डिएपी मल,सरकारले अनुदानमा किसानलाई वितरण गर्नका लागि ल्याएको थियो।

भारतको कोलकत्ता बन्दरगाहबाट रेल मार्ग हुँदै वीरगन्ज स्थित सिर्सिया सुख्खा बन्दरगाह (ड्राईपोर्ट) यार्डमा शनिबार बेलुकी आइपुगेको हो। ५० हजार बोरा डिएपी बलमध्ये करिब ४० हजार बोरा मल पानीले भिजेर बिग्रिएको अवस्थामा रहेको साल्ट ट्रेडिङ कर्पोरेसन वीरगन्जका प्रमुख आमोद लामिछानेले बताए।

आइतबार अनलोड गरेर सुख्खा बन्दरगाहको गोदाममा राख्ने क्रममा भिजेको अवस्थामा पाइएको लामिछानले बताए। बंगालको खाडीमा एक डेढ महिना पहिले आएको ‘अम्फन’आँधीका कारणले कोलकत्ता बन्दरगाहमा उक्त डिएपी मल भिजेको बताउँछन् लामिछाने । 

लामिछानेका अनुसार यस विषयमा आपूर्तिकर्ता स्वीस सिंगापुरसँग पनि कुरा भइसकेको र नभिजेको फ्रेस मल मात्रै बुझने हो। भिजेको र खराब बोराको मल आपूर्तिकर्ताले नै व्यहोर्नु पर्छ।'

साल्ट ट्रेडिङले आयात गरेको डिएपी मल भिजेर बिग्रिएका कारण भन्सार जाँचपास नहुने भएकाले साल्ट ट्रेडिङ कर्पोरेसनलाई करोडौंको घाटा हुने देखिएको छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार