" पहिलेजस्तो छैन विराटनगर " मेयर भिम पराजुलीको अपिल |


bhim-parajuli
विराटनगर , श्रावण २२, बिहिबार 

विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले  नगरवासिहरुमा लकडाउन को पालना गरिदिनुहुन भनि अपिल गर्नुभए छ । विराटनगरमा पहले भन्दा संक्रमण तिव्र गतिले बढिरहेका कारणले गर्दा वाध्यात्मक अवस्थामा लक डाउन  गर्नुपरेको कुरा अवगत गराउँदै , सम्पुर्ण नगरवासिहरुले यसको पालन गरिदिउन भन्ने उद्देश्यका साथ अपिल गर्नुभएको छ । विराटनगर महानगरपालिकाको अफिसियल पेजबाट भिडियो सन्देस दिँदै आज बिहान ९;३० बजे यस्तो अपिल जारि गर्नुभएको हो ।

विराटनगर पहिलेजस्तो नभएको र संक्रमण पत्ता लगाउन पहिले जस्तो सहज अवस्था नरहेको भन्दै, वहाँले नगरवासीहरुलाइ यत्र तत्र हिँडडुल र भिडभाड नगरिदिनुहुन अनुरोध समेत गर्नुभएको छ । चोक, चौराहा, चियापसल , हाटबजार , सब्जी बजार आदि जस्ता स्थानमा भिडभाड बढेकाले संक्रमण देखिएको छ । कम्तिमा १४ दिनको लक् डाउन मा घरभित्र बसिदिँदा संक्रमणको चेन ब्रेक हुन सक्ने कारणले वाध्यात्मक अवस्थामा लक डाउन गरिएको वहाँको भनाइ छ । 

पहिलेजस्तो लक्षण सहितका बिरामी भन्दा लक्षण बिनाका बिरामीहरुको संख्या बढेको वहाँले गराउदै, यसलाई रोकथाम गर्नका लागि घरभित्र बसिदिनका लागि नगरवासीहरुमा वहाँले  विनम्र अनुरोध गर्नुभएको छ । बिगतमा ४० देखि पचास जनाको कोरोना परिक्षण गरिँदै आएकोमा अहिले १५० देखि २०० सम्मको परिक्षणको दायरा बाधिएको वहाँले बताउनुभयो । अझै परिक्षण को दयारा बढाइने र पी सी आर मेसिन थप गर्नका लागि वहांले कोशी अस्पताललाइ आग्रह गर्नुभएको छ ।

बिभिन्न भिडभाड  हुने स्थान , चोक, कार्यालय , यातायात , सवारी साधन आदि स्थानमा रेण्डम स्यम्प्लिङ्ग गरि पी सी आर परिक्षण गरिने वहाँले बताउनुभयो । कोरोन को संक्रमण यसरीनै बढ्दै गएमा र हामि सबै सचेत नहुने हो भने हाम्रा लागि अहोरात्र खटिनुभएका स्वास्थ्यकर्मी , सुरक्षाकर्मी  व्यक्तिहरुको मेहनत व्यर्थ हुने र जबसम्म हामि आफैँ सचेत भएर लक डाउनको पालना गर्दैनौँभने स्थिति अझ भयावह हुने कुरा निश्चित रहेको वहाँको सन्देश रहेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार