विराटनगर, श्रावण २१, बुधबार
कोरोना संक्रमण समुदायस्तरमा फैलिएको र श्रावण मसान्त सम्म विराटनगर महानगर लक डाउन गरिएको भएपनि, बैंक तथा वित्तिय संस्थाहरुमा सेवाग्राहीहरुको भिडभाड कम नभएको, साथै सेवाग्राहीहरुले नगद कारोवार गरेको भन्दै, महानगरले आज सूचना जारी गर्दै, त्यसो नगर्न निर्देशन दिएको छ ।
नगरभित्र रहेका सबै बैंक तथा वित्तीय संस्थाहरुमा सेवाग्राही को चाप बढ्दै गए, अझै ठूलो जोखिम हुन सक्ने छ । यसै कुरालाई मध्यनजर गर्दै, महानगरको कोभिंड संकट व्यवस्थापन समितिले, नगदी कारोवार नगर्नुहुनका लागि, संपूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई सूचना जारी गरी, निर्देशन दिएको छ ।
नगद कारोवारको सट्टा, विद्युतीय भुक्तानीका माध्यमहरू प्रयोग गर्नुहुन समेत अनुरोध गरिएको छ । सेवाग्राहीहरुले, ATM, कनेक्ट आई पी एस, स्मार्ट बैंकिङ, ई पे, मोबाइल बैंकिङ आदि सुविधा प्रयोग गरी आफ्ना दैनिक कारोवार संचालन गर्न सक्नुहुनेछ । सबै बैंक तथा वित्तीय संस्थाहरुले यो सूचना पालना गर्नु, महामारी रोकथामका लागि सहयोग हुनेछ ।
सूचना:
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :