कञ्चनपुरको महेन्द्रनगरमा कुकर बम भेटियो |


cooker-bomb
श्रावण २९ , बिहिबार 
प्रदेश नम्बर ७ को महेन्द्रनगरमा प्रेसर कुकर बम भेटिएको छ । कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रमा हिजो बुधबार राति प्रेसर कुकर बम भेटिएको हो । भीमदत्त नगरपालिका ४ मा रहेको सब्जी मंडी रोडमा उक्त बम भेटिएको थियो । भेटिएको बम लाई बिहिबार बिहान नेपाली सेनाको टोलीले निष्क्रिय पारिसकेको छ ।

कन्चनपुर जिल्ला प्रहरी कार्यालयका डीएसपी अमर बहादुर थापाका अनुसार बमको छेउमा थारुवान स्वायत्त प्रदेश जिल्ला परिषद कञ्चनपुरको पर्चा राखिएको भेटिएको थियो । उक्त पर्चामा महेन्द्रनगर नगरविकास समितिको जमिनमा अवैधरुपमा निर्माण भइरहेका संरचनाहरूको विरोध गरिएको छ । उक्त विषयमा थप अनुसन्धान भइरहेको डीएसपी थापाको भनाइ छ ।


.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार