शैक्षिक सत्र खेर जान नदिन अनलाइन तथा वैकल्पिक शिक्षानै लागु गरिने . . .


प्रकाशित: भदौ ६ , शनिबार , 
काठमाडौँ 
सरकारले कोरोना महामारीको जोखिमलाई मध्यनजर गरी शुरुमा भदौ १५ देखि विद्यालय सञ्चालन गर्न सकिने अनुमान गरेपनि संक्रमणको दर बढ्दै गएपछि शिक्षा क्षेत्र अन्योलमा परेको छ।

शुक्रवार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले मन्त्रिपरिषद्ले अनलाइन तथा वैकल्पिक शिक्षामार्फत शैक्षिक सत्र अगाडि बढाउने विषयमा छिट्टै निर्णय गर्ने जानकारी दिए । प्रवक्ता डा. खतिवडाका अनुसार अनलाइन शिक्षालाई विश्वले स्वीकारेको र नेपालले पनि खुला विश्वविद्यालय शुरु गरिसकेको अवस्थामा अनलाइन मार्फत् शैक्षिक सत्र शुरु गर्न कुनै समस्या नरहेको बताए।

कोही अनलाइनमा पढ्ने र क्रेडिट आवर जोड्दै जाने कोहीको नजोडिने अवस्था आउन नदिन, इन्टरनेटको सुविधा नपुगिसकेको अवस्था र विधुतीय सुविधा नभएको स्थान र क्षेत्रका बालबालिकाहरुलाई पनि शिक्षण सिकाइबाट बञ्चित नगर्ने गरी सँगसँगै अन्य वैकल्पिक सिकाइ विधिको व्यवस्थ गर्नेगरी छिट्टै नै निर्णय गर्ने प्रवक्ता खतिवडाले बताए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार