काठमाडौंमा भदौ १५ गते सम्मका लागि यस्ता किसिमका गतिविधिहरु निषेध ।


प्रकाशित: श्रावण ३१, शनिबार

काठमाडौंमा सरकारले आज बाट भदौ १५ गते सम्मका लागि विभिन्न क्रियाकलापमा रोक लगाउने निर्णय गरेको छ । आज बाट १५ दिन सम्मका लागि भदौ १५ गते रातिसम्म विभिन्न कार्यक्रम गर्नका लागि रोक लगाइएको हो । काठमाडौंका तीन वटै जिल्लाका प्रमुखहरूको संयुक्त बैठकले भदौ १५ गतेसम्म लागि विभिन्न गतिविधिमा रोक लगाउने निर्णयका साथ विज्ञप्ति प्रकाशित गरेको छ ।

जारी विज्ञप्तीमा खुल्ला स्थानमा मानिसको भेला हुनेदेखि पूजा पाठ हुने स्थान र होटेल रेस्टुराँमा मानिसहरु भेला हुन रोक लगाइएको उल्लेख गरिएको छ । प्रशासनका अनुसार खुल्ला स्थानमा मानिसहरू भेला जम्मा हुन, भिडभाड गर्न र सभा जुलुस गर्नका साथै जात्रा र महोत्सव गर्न रोक लगाइएको छ ।

त्यस्तै शैक्षिक संस्थाहरु सञ्चालन गर्न, सबै प्रकारका सभा, गोष्ठी, तालिम, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन, शैलून, ब्यूटी पार्लर, स्पा, स्वीमिङ्ग पुल, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, संग्राहलय, चिडियाखाना संचालन गर्न पनि रोक लगाइएको छ । फुटपाथ, खुल्ला ठाउँ र ठेला गाडा, साइकलमा संचालन हुने विभिन्न व्यवसाय, कवाडी संकलनमा पनि प्रशासनले प्रतिबन्ध लगाएको छ ।

विज्ञप्तिमा उल्लेख गरिएका गतिविधिहरु गरेको पाइएमा अथवा निषेधाज्ञाको उल्लङ्घन गरेमा काठमाडौ जिल्ला प्रशासनले कारबाहीसमेत गर्ने भनी चेतावनी दिएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार