कोरोनाले निम्त्यायो खाद्य संकट |



प्रकाशित भदौ ९ , मंगलवार, कर्णाली

कोरोना महामारीले विश्व नै मारमा परेको छ। नेपालमा पनि यसको असर नपर्ने त कुरै भएन। विगतमा भदौसम्म मौज्दात हुने कर्णालीका खाद्य डिपोहरू यो वर्ष साउनमै रित्तिएका थिए । लकडाउनको अवधिमा करिब ६३ हजार नागरिक कर्णाली भित्रिएकाले पनि खाद्यान्नको माग बढेको हो । लामो समयको लकडाउन र सडक अवरुद्ध हुँदा खाद्यान्न ढुवानी हुन नसकेको मु्गुस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रबन्धक कर्णबहादुर रावलले बताए ।

चालु आर्थिक वर्षका लागि माग गरिएको खाद्यान्न समयमै ढुवानी नहुँदा मुगुका साथै कर्णालीको हिमाली जिल्लाका बासिन्दा खाद्यान्न अभाव झेल्न बाध्य छन् । ‘चामल नभएरै होला, धेरैजसो गोदाम बन्द हुन्छ,’। डिपोमा चामल नपाएपछि चार घण्टा हिँडेर खाद्य व्यवस्था तथा व्यापार कम्पनीको पुलुस्थित गोदामबाट रित्तो हात फर्कनुपरेको कर्णाली बासिन्दा बताउँछन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार