स्वास्थ्यकर्मी अन्सारी नै रेम्डिसिभिर औषधीको कालोबजारी ।


प्रकाशित भदौ ८, सोमबार वीरगञ्ज

कोरोना विशेष अस्पतालमा धेरै संक्रमितलाई रेम्डिसिभिर चलाइसकेको चिकित्सकले सार्वजनिक रुपमा नै स्वीकार गरेका छन् । संक्रमितलाइ दिइने रेम्डिसिभिर औंषधी नेपालमा प्रतिबन्ध भएको बेला वीरगञ्जमा लामो समयदेखि नै प्रतिबन्धित रेम्डिसिभिरको कारोबार भइरहेको छ । यतिमात्र होइन चिकित्सकले सिफारिस गरेको रेम्डिसिभिर काठमाडौंमा अतिनै चर्को मूल्यमा उपभोक्ताले किन्नु परेको कुरा एक टेलिभिजनमा सार्वजानिक भएको थियो ।

प्रतिबन्धित रेम्डिसिभिरको चर्को मुल्यमा अबैध कारोबार गरेको आरोपमा एक जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । बारा घर भई वीरगञ्जको एक निजी अस्पतालमा कार्यरत ताहिर हुसैन अन्सारी पक्राउ परेका हुन् ।

प्रहरीले ९ थान रेम्डिसिभिर सहित उनलाई पक्राउ गरेको हो। 

आफूले प्रतिभाइल २५ देखि ३० हजारमा खरिद गरेर गम्भीर अवस्थाका संक्रमितको लागि ३० देखि ३२ हजार रुपैयाँमा बिक्री गर्ने गरेको दावी अन्सारीले गरेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको भन्दै प्रहरीले थप विवरण सार्वजनिक गरेको छैन ।

गम्भीर अवस्थाका संक्रमितलाई रेम्डिसिभिर चलाउँदा स्वास्थ्यमा सुधार आएको चिकित्सकको भनाइ छ । सरकारले कोरोना संक्रमितलाई लाभदायक मानिएको यो औषधी हाल कोरोना विशेष अस्पताललना मात्रै परीक्षण को लागि प्रयोगमाल्याउने गरी नेपाल सरकारद्वारा अनुमति दिइएको छ।।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार