रामदेव संग कपिल ले बिवाह गरि सेटल हुने प्रश्न गरे, उत्तर सुनेर उनको मुख बन्द रह्यो ।


प्रकाशित: भदौ ५, शुक्रबार
रामदेव योगगुरुका रूपमा विश्वव्यापी रूपमा प्रसिद्ध छन्। खेल संग पनि उनको पुरानो सम्बन्ध छ। उनी आफैले भनेका छन् कि उनी कुस्तीको धेरै सौख राख्ने गर्छन । योगकै आधारमा उनले बेइजिङ्ग ओलम्पिकमा रजत पदक विजेता युक्रेनका आन्द्रे स्टाडनिकलाई पनि हराएका छन् । एक सेलिब्रेटी पनि भएको नाताले, उनी पनि धेरै कार्यक्रमहरुमा जाने गर्दछन । 'द कपिल शर्मा शो' का होस्ट कपिल शर्माले एकपटक रामदेवलाई उनको विवाहको बारेमा प्रश्न गरे । यसमा रामदेवको प्रतिक्रिया सुनेर सबैजना पूर्ण रूपमा मौन थिए र केहि छिनपछि कार्यक्रममा दर्शकहरु ताली बजाउन थाले।

कपिल शर्माको कार्यक्रममा यो घटना भयो। रामदेव "द कपिल शर्मा" कार्यक्रममा पाहुनाका रूपमा आएका थिए। कुराकानीको क्रममा कपिलले रामदेवलाई भने, "तपाईंको यस्तो लोकप्रियता छ, पतञ्जलिमा भर्खर १० हजार करोडको कारोबार भएको छ। तपाई आफू सेटल भैसक्नुभयो हैन र ?, विवाह गर्नुहोस्। "यो प्रश्न सुनेपछि रामदेव हाँस्न थाले , त्यसपछि सोधे ," के तिमी विवाहित छौ ? "कपिलले भने," अहिलेसम्म हैन। "रामदेवले  भने, 'म मेरो सेटल भएको, नभएकोमा चिन्ता गर्दिन। मैले १२५ करोड भारतीयहरुलाई सेटल गराउनु छ। "यो सुनेर कपिल चुपचाप लाग्छन र प्रशंसामा ताली बजाउछन। कार्यक्रममा उपस्थित दर्शकहरूले पनि रामदेवको त्यस्तो विचार सुनेपछि ताली बजाए।

रामदेवले भने, 'मैले देखेको छु कि मानिस करोडौंको सम्पत्ति पाए पनि एक्लै देखिन्छ। उजाड, खाली प्वालहरु , अपूर्ण जीवन। 

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार