विराटनगर महानगरपालिका नगर कार्यपालिकाको कार्यालयले एक सूचना जारी गर्दै पी सि आर परीक्षण को नतिजा प्राप्त गर्न अब मोबाइलमै जानकारी हुने भनेको छ ।
परीक्षण गर्दा व्यक्ति को रिपोर्ट नेगेटिभ आएमा मोबाइल एस एम एस मार्फत जानकारी दिइने व्यवस्था गर्ने भनी सूचना प्रकाशित गरेको छ । पोजिटिभ आएको खण्डमा भने वडा प्रतिनिधि मार्फत जानकारी हुने भनिएको छ ।
रिपोर्ट प्राप्त गर्न अत्यन्तै आवश्यक भएको खण्डमा महानगरपालिकाको हेल्प डेस्क मोबाइल नम्बर ९८४४६४४०९८ मा एस एम एस गरी आफ्नो ईमेल ठेगाना पठाउनुपर्ने छ र उक्त ईमेल ठेगानामा आफ्नो रिपोर्ट प्राप्त गर्न सकिनेछ ।
सूचना :
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :