स्विस सरकारको फण्डिङमा विराटनगरमा अत्याधुनिक प्रदेशस्तरीय ल्याब निर्माण गरिने।


प्रकाशित: भदौ ६ , शनिबार , विराटनगर
 कोरोना संक्रमणको संख्या दिनानुदिन बढ्दै गएको अवस्था छ। संक्रमणको दर रोक्न परीक्षणको दायरा बढाउनका निम्ति विराटनगरमा अत्याधुनिक स्वास्थ्य ल्याब निर्माण गरिने भएको छ । 

भदौ ५ गते शुक्रबार अपराह्न १:३० बजे मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्दै प्रदेश १ सरकारका प्रवक्ता मन्त्री हिक्मतकुमार कार्कीले विराटनगरमा रहेको डिगृी क्याम्पस को जग्गा लिजमा लिएर अत्याधुनिक  प्रदेश स्तरीय स्वास्थ्य ल्याब निर्माण गरिने निर्णय भएको बताए। ल्याब स्वीस सरकारको फण्डिङमा स्थापना हुन लागेको हो। प्रदेश स्तरीय अत्याधुनिक ल्याब स्थापनाको लागि चाहिने जग्गा प्राप्तीको निम्ति त्रिभुवन विश्वविद्यालय डिग्री क्याम्पस र सामाजिक  विकास मन्त्रालय बीच भएको सम्झौता अनुसार प्रक्रिया अगाडि बढाउने निर्णय भएको मन्त्री कार्कीले बताए।

 यसैगरी विराटनगरमा रहेको कोभिड अस्पताल लेबल २ स्तरोन्नती गरिने भएको छ। अस्पताल स्तरोन्नतीका लागि चाहिने दक्ष जनशक्ति को लागि विज्ञहरुसँग छलफल गरेर आवश्यक दरबन्दीको प्रक्रिया अगाडि बढाइने भएको छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार