नेपालमा स्क्रब टाइफस रोगका कारण एकको मृत्यु ।


विराटनगर , श्रावण २९ , बिहिबार 
स्क्रब टाइफस रोगका कारण नेपालमा पनि एक जनाको ज्यान गएको छ । बैतडीमा स्क्रब टाइफसका कारण बाट एउटी बालिकाको ज्यान गएको हो । 

बालिकालाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको थियो र त्यसपछि धनगढीको सारथी अस्पताल पुर्याइएको थियो । त्यहाँ पनि उपचार सम्भव नहुने भएपछि उनलाई कोहलपुर मेडिकल कलेज लादै गर्दा बाटैमा मृत्यु भएको थियो । मृत्युहुने बालिका १४-वर्षीया पूजा जोशी रहेको जानकारी छ । उनी श्रीकोट निवासी हुन् ।

उनको स्वास्थ्य अवस्था बिग्रदै गएपछि कोहलपुर अस्पताल लगिदै थियो तर अस्पताल पुर्याउनु अगाबै उनको मृत्यु भएको थियो । उनका बुवा रोजगारीको सिलसिलामा विदेशमा रहँदै आएका छन् भने उनको उपचारमा उनका आमा र हजुरबुवा संलग्न हुनुहुन्थ्यो । 

स्क्रब टाइफस लागि बुसटाइफस पनि भनिन्छ । यो एक रोग हो जुन ओरेन्टिया सुत्सुगुमुशी भनिने ब्याक्टेरियाहरूले गर्दा लाग्ने गर्दछ । स्क्रब टाइफस संक्रमित चीगर्स (लार्वाल माइट्स) को टोकाई मार्फत मानिसहरूलाई फैलन्छ। स्क्रब टाइफसको सबैभन्दा सामान्य लक्षणहरूमा ज्वरो, टाउको दुख्ने, शरीर दुखाइ, र कहिलेकाँही दाग पनि देखा पर्छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार