भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन ।



प्रकाशित: भाद्र १५, सोमबार, दिल्ली ।
भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । उनको दिल्ली स्थित सेनाको अस्पतालमा उपचारको क्रममा निधन भएको खबर प्राप्त भएको छ । 

उनको उमेर ८४ वर्ष रहेको थियो । आफ्नो पिताको मृत्यु भएको कुरा उनका छोरा अभिजितले ट्वीटरमार्फत जानकारी दिएका थिए । सोमबार अस्पतालले दिएको जानकारीका अनुसार उनको फोक्सोको संक्रमणका कारण उनलाई सेप्टिक सक भएसँगै अवस्था गम्भिर बन्दै गएको थियो । 
मानिसलाई संक्रमणका कारण सेप्टिक सक हुने गर्दछ । शरीरको रक्तचापमा कमी आएपछि सेप्टिक शक हुने गर्दछ । उनको मृत्यु भएको खबर केही दिन अगाडिदेखि नै सामाजिक सञ्जाल तथा मिडियाहरुमा फैलिएको थियो तर ती सबै गलत भएको कुरा समेत उनका छोराले ट्वीटर मार्फत जानकारी दिएका छन् । 

सन् २०१२ मा भारतका राष्ट्रपति बनेको मुखर्जी २०१७ सालसम्म आफ्नो पूर्णकाल राष्ट्रपति रहेका थिए । उनलाई सन् २०१९ सालमा भारत रत्नले समेत सम्मानित गरिएको थियो ।
एजेन्सी ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार