खुल्यो कतार प्रहरीमा रोजगार, तलव रू ९८,००० देखि २ लाख सम्म; अनलाइन भर्न मिल्ने ।


प्रकाशित: भदौ ८ सोमबार, 

गृह मन्त्रालय, कतारले कतार पुलिस भर्ती प्रणाली सुरु गरेको छ । कतार राज्य सरकारसँग सबै प्रकारका रोजगारीहरूको लागि धेरै सजिलो अनलाइन आवेदन प्रणाली  छ । आवेदकहरुले अनलाइन मार्फत नै फारम भर्न सक्नुहुनेछ । कतार पुलिसको रोजगारीका लागि नेपालबाट यो पहिलो लट हो। अरु थप कर्मचारीको माग समेत चाडै आउने सम्भावना रहेको छ ।


सम्भवतः कतार सरकारलाई विश्व कप फुटबल २०२२ को समयमा थप प्रहरी बलको आवश्यकता पर्दछ। यस अवधिमा कतारले बढी नेपाली युवाहरुलाई आफ्नो प्रहरी बलमा लिनेछ। आवेदन दिनका लागि  उम्मेदवारहरूले सम्बन्धित क्षेत्रमा काम गरेको कम्तिमा ५  बर्षको अनुभव प्रमाणित गरेको हुनुपर्दछ। 


अनलाइन आवेदनका लागि कृपया PSI स्कूल, दोहाको आधिकारिक पृष्ठमा फारम खोज्न सक्नुहुनेछ । यो रोजगारीका लागि आवेदन दिने अन्तिम मिति: सेप्टेम्बर २०२० रहेको छ भने तलब ३००० कतारी रियाल देखि ६००० कतारी रियाल सम्म हुनेछ भनि सूचना राखिएको छ ।


आधिकारिक पृष्ठका लागि यहाँ क्लिक गर्नुहोस ।

.

प्रतिक्रीया दिनुहोस :

1 Comments

आफ्नो प्रतिक्रिया दिनुहोस् :

Post a comment

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार