सार्वजनिक सवारी साधनमा यात्रा गर्दा अवदेखि कार्ड बाट भुक्तानी गर्नुपर्ने भएको छ । कोरोना भाइरसको बढ्दो संक्रमण का कारण विद्युतीय भुक्तानी हरूको प्रयोग पनि बढ्न थालेको छ । यसका कारण सार्वजनिक यातायातहरुले कार्डबाट भाडा लिने व्यवस्था गर्न थालेका छन् ।
कोरोना भाइरसका कारणले गर्दाखेरि पनि यो किसिमको प्रणाली निकै प्रभावकारी हुने देखिएको छ । पैसाबाट कारोबार गर्दाखेरि कोरोना भाइरस सर्न सक्ने सम्भावना हुनाले कार्डबाट भुक्तानी गर्दा निकै नै उपयोगी हुने सम्भावना छ ।
एनएमबि ब्याङ्कले किपु बस सेवा सँग सहकार्य गरी विद्युतीय भुक्तानीको व्यवस्था मिलाउने सम्झौता गरिसकेको छ । आज देखि सुन्दर यातायातले पनि विद्युतीय भुक्तानी प्रणाली सुरु गर्ने र त्यसका लागि आवश्यक मेशिन जडान गर्ने भएको छ । कार्ड लिएर गाडी भित्र रहेको मेसिनमा हालेपछि कार्डमा रहेको ब्यालेन्सबाट गाडीभाडा तिरिन्छ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :