नेपाल सरकारले भदौ १ गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय व्यवसायिक उडान खोल्ने घोषणा गरेपनि कोरोना महामारीका कारण भदौ १६ गतेदेखि मात्र व्यवसायिक उडानहरु खोल्ने निर्णय गरेको छ । यसैबीच सरकारले विदेशमा अलपत्र परेर रहेका नेपालीहरुलाई उद्धार गर्नका लागि आउने भदौ १ गतेदेखि उद्धार उडान सुरु गर्ने भएको छ ।
नेपाल वायु सेवा निगम , नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स सहित बिभिन्न बिदेशी एयरलाइन्स हरुले नेपालीलाई स्वदेश फर्काउनका लागि उडान गर्नेछन् । नेपाल एयरलाइन्सले १७ देखि ३१ अगस्टसम्म उद्धार उडान गर्नेछ भने हिमालय एयरलाइन्सले १६ देखि ३० अगस्तसम्मको उद्धार उडान तालिका सार्वजनिक गरेको छ ।
सरकारका अनुसार दैनिक ५०० जनालाई स्वदेश फर्काउनका लागि उद्धार उडान गरिनेछ जसमा दिनको २०० जनालाई नेपाल सरकारले आफ्नै खर्च मा ल्याउने छ भने ३०० जनाले आफ्नै टिकटबाट आउनुपर्नेछ । सम्बन्धित मुलुकमा रहेका नेपाली दुतावासले गरेको सिफारिसका आधारमा स्वदेश फर्कन चाहने नेपालीहरुलाई नेपाल ल्याइने जनाएको छ । कोविड-१९ क्राइसिस म्यानेजमन्ट केन्द्रका अनुसार श्रावण २९ गतेसम्म ५०,६६२ विदेशिएका नेपालीहरुलाई स्वदेश फर्काई सकिएको छ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :